सिस्नेरी र फाखेल सडक खण्ड अझै अवरुद्ध

तामसालिङ खबर
२९ असार २०७६, आईतवार १६:०३

हेटौंडा (इन्द्रसरोबर) – बिहिबार देखि अवरुद्ध बनेको हेटौंडा सिस्नेरी काठमाण्डौंको सडक खण्ड अझै खुल्न सकेको छैन ।

मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकाको फाखेल र सिस्नेरीमा पहिरोको कराण सडक अवरुद्ध भएको थियो । सडक खुलाउनका लागि दिनहुँ काम भएपनि अझै सम्म पनि सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

गाउँपालिकाको विभिन्न स्थानमा पहिरो गएको कारण तीन दिन देखि सडक अवरुद्ध छ । पहिरो पन्छाएर सडक आज खुलाउने भनीए पनि बिहानैबाट पानी परेकाले थप समस्या भएको प्रहरीले जनाएको छ ।

सडक बन्द हुँदो छोटो मार्ग भएर चल्ने पाँच सय भन्दा बढी सवारीका साधन चल्न सकेका छैनन् । यता त्रिभुवनराजपथ सडकमा लडेका रुख र पहिरो पन्छाएपछी हिजोबाट नै सवारीका साधन चलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*