बाढीमा ज्यान गुमाएको परिवारलाई प्रदेश २ सरकारले तिन लाख राहत दिने घोषण
जनकपुर – दुइ नम्बर प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई तिन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने भएको छ ।
राहत र उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्काल १० लाखको दरले दिने गरी शनिबार दुइ नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार राहत तथा उद्दारलाई निरन्तरता दिँदै मृतक परिवारलाई तिन लाखको दरले राहत उपलब्ध गराउने निर्णय भएको बताएको छ ।






