परीक्षणको लागि लगाइएको स्याउ फल्यो

तामसालिङ खबर
२९ असार २०७६, आईतवार २१:४४

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणको लागि लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको छ ।

गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जात मध्ये गोल्डेन र गाला जातको स्याउ फलेको जेटिए कट्टेलको भनाइ थियो ।

प्रतिबोट झण्डै रु एक हजार १०० पर्ने सो स्याउ एग्रो मनाङ सँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिची लगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ ।

कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण गरी ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ छ । #जनबोली_डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*