बाढी पहिरोको कारण भीमफेदी र हेटौंडा ५ को बिद्यालय तीन दिनका लागि बिदा

तामसालिङ खबर
२९ असार २०७६, आईतवार २१:५५

हेटौंडा – बिहिबार देखि परेको लगातार वर्षाको कारण मकवानपुरको भीमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ ।

भीमफेदी गाउँपालिका भरिका बिद्यालयहरु आज(आइतबार) देखी ३१ गते सम्मका लागि बिदा दिइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

बिद्यालय सञ्चालन गर्दा पनि बाढी, पहिरोका कारण आउन सक्ने अवस्था भएकाले तीन दिन सम्मका लागि बिदा दिइएको उहाँले बताउनुभयो । त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अधिकांश बिद्यालय लगातारको वर्षाका कारण डुवानमा परेका छन् ।

पानी कम भएपनि बिद्यालय भित्र सफा गर्नुपर्ने र पानीको झरीको समस्या अझै पनि भएकाले बिद्यालय बन्द गर्नुपरेकोले सामुदायिक तथा संस्थागत बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*