तिन नम्बर प्रदेशमा कन्सल्टेन्सी तथा इन्स्टिच्युटको नयाँ दर्ता बन्द
हेटौडा – पछिल्लो समय विवादमा रहेको तिन नम्बर प्रदेशको कन्सल्टेन्सी र ईन्स्टिच्युटको नयाँ दर्ता प्रक्रिया बन्द गरेको छ । साउन १ गते देखि लागु हुने गरि तिन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले कन्सल्टेन्सी तथा इन्स्टिच्युटको नया दर्ता प्रक्रिया बन्द गरेको हो ।
शैक्षिक परामर्श,विभिन्न भाषा प्रशिक्षण, पुर्व तयारी कक्षा, ट्युसन जस्ता कार्य संचालन गर्ने कन्सल्टेन्सी तथा इन्स्टिच्युटहरुको नया दर्ता प्रक्रिया रोकिएको हो ।
इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरुको निवेदन अत्याधिक परेकाले तत्कालको लागि अर्को सूचना न आउन्जेल सम्मका लागी नया दर्ता नगरिने सुचनामा उल्लेख गरिएको छ ।







