सिद्धार्थ राजमार्गको मध्यभागमा राखिएको बुद्धका मूर्ति तोडफोड
साउन २, बुटवल – सिद्धार्थ राजमार्गको बुटवल-बेलहिया सडकखण्डको ६ लेनको मध्य भागमा राखिएका बुद्धका मुर्ती तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिल सम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।
तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझ रहेको मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले बताउनुभयो ।
अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले योगिकुटी देखि मंगलापुर सम्मको सडकमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो ।

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए । मुर्तिहरु कसले किन फुटायो भन्ने अहिले सम्म खुलेको छैन ।






