मकवानपुर भाँडा व्यावसायी संघको साधारण सभा

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १५:३२

साउन ४, हेटौंडा – मकवानपुर भाँडा व्यावसायी संघको प्रथम बार्षिक साधारण सभा हेटौंडामा भएको छ । प्रथम साधारणसभाबाट हेमराज बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

त्यस्तै, समितिका उपाध्यक्षमा रामकृष्ण चौलागाई, मदनमोहन कंशाकार, महासचिव, केशव बहादुर कार्की, सचिवमा संञ्जय रौनियार, कोषाध्यक्ष गौतम शाक्य, सदस्यहरु शंकर कंशाकार, राजेशकुमार बाँिनियाँ, नमिता खतिवडा, सन्तोषि श्रेष्ठ, सिता देवि खनाल, सञ्जय दास चयन भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै उद्योग बाणिज्यसंघ संग आवद्ध संघ मध्येमा यो वस्तुगत संघ उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा हेटौंडा एफ. एमका प्रवन्ध निर्देशक उज्वल चौलागाई, संस्थाका पूर्व अध्यक्ष नियमराज शाक्य, उपाध्यक्ष मदन कंशाकार लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*