तिन नम्बर प्रदेशको मन्त्री नेपालद्वारा सह-इन्चार्ज पद अस्वीकार
साउन ६, हेटौंडा – तिन नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले नेकपा सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज पद अस्वीकार गरेको छ ।
बषौ देखि माथिल्लो पदमा बसेर काम गरेको र अहिले आफुलाई नसोधीकन जिल्ला पार्टीको सह-इञ्चार्ज बनाइएको भन्दै उहाँले पद अस्वीकार गरेको पत्र केन्द्रिय पार्टी कार्यालयमा दर्ता गराउने भएको छ ।
अरु जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोकिएकाहरुलाई सोधेर मात्र पद दिएको बताउँदै उहाँले भन्नुयो – सबै साथीहरुलाई इन्चार्ज र सहइन्चार्ज पदमा बस्ने की नबस्ने भनेर सोधिएको रहेछ । तर, मलाई सोध्दै नसोधीकन सह-इन्चार्ज बनाइएछ । त्यसैले पद अस्वीकार गरेको हुँ ।’ आफु सह-इन्चार्ज पदमा नवस्ने भनेर पार्टीका महासचिव बिष्णु पौडेललाई जानकारी गराइसकेको मन्त्री नेपालले बताउनुभयो ।
पार्टीले नीतिको पालना नगरी जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेको आरोप लगाउँदै विगतमा जिल्लाको इन्चार्ज नै नरहेको व्यक्तिलाई सहइन्चार्ज बनाइएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
नेता नेपालले सिन्धुपाल्चाकको सहइन्चार्ज तोक्दा पार्टीले एकता पूर्व गरिएको दुवै पार्टीका इन्चार्जबाट नै जिल्ला इन्चार्ज बनाउने सहमति तोडेको आरोप लगाउँदै नेता नेपालले आफ्नो असहमति रहेको उल्लेख गर्नुभयो । पार्टीको निर्णय प्रतिको असन्तुष्टी रहेको मन्त्री नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत राख्नु भएको छ ।






