केपी ओली र प्रचण्ड कम्युनिष्ट रहेनन् – मोहन वैद्य

तामसालिङ खबर
६ श्रावण २०७६, सोमबार २२:०८

साउन ६, जनकपुर – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले वर्तमान संविधान अपाङ्ग रहेको टिप्पणी गरेका छन् । संविधानले सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई राज्यले अपाङ्ग बनाएर निरिह संघीय व्यवस्था लाद्न खोजेका उनले आरोप लगाए ।

सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा वैद्यले जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको बताए ।

वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै उनले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टी नरहेको टिप्पणी गरे । उनले भने कम्यूनिष्ट पार्टीको सरकार भएको भए लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै अभिव्यक्ति तथा वाक् स्वतन्त्रता, राजनीतिक दल माथिको प्रतिबन्ध लगायतका गलत कार्य ओली-प्रचण्ड सरकारले गर्ने थिएन ।’

उनले विप्लव नेकपामाथि सरकारले प्रतिबन्ध लगाएर सरकार विरोधी क्रियाकलाप गर्ने राजनीतिक दलप्रतिको आक्रमण भएको टिप्पणी गरे । यद्यपि उनले विप्लब नेतृत्वको नेकपाको कुनै कार्यदिशा नरहेको समेत बताए । यसलाई विप्लवले प्रष्ट्याउन जरुरी रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*