भिसिटिएस करको बिरोधमा आज हेटौँडा बजार बन्द
साउन ७, हेटौँडा – मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा हेटौँडाका व्यवसायीले आज हेटौँडा बजार बन्द गरेको छ । सरकारले नयाँ आर्थिक बर्ष ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा मंगलबार हेटौडा बजार बन्द गर्ने भएका हो ।
संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा सोमबार भएको भेलाले सरकारको निर्णय सच्याउन दवाव स्वरुप विरोध जनाउने निर्णय गरेको छ ।
संघले सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताको तस्तै पूर्ण रुपमा पालना गर्न नसकिने भएकाले विरोध गर्नु कार्यवाहक अध्यक्ष न्यौपानेले बताउनु भयो।







