गम्भीर घाइते भएको कार्कीको उपचारको क्रममा मृत्यु
साउन ८, हेटौंडा – गत आइतबार त्रिभुवन राजपथको बाघझोरामा सरकारी कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्कीको निधन भएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्बर १ बाघझोरामा काठमाडौं जाँदै गरेको स्टेट ३ बिएए ०११० नम्बरको यातायात कार्यालय काठमाडौंको कारले हेटौँडा आउँदै गरेको ना ५४ प २८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा टाउकोमा चोटलागि गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको छ ।
उनि मंगलबार राति ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कारको ठक्करबाट मोटरसाइकल पछाडी बसेका हेटौँडा – १० का रजित सुर्खेतिको भने हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।






