बाढीपीडितको पीडामा सरकार चिन्तित रहेको छ – समाज कल्याण मन्त्री थापा

तामसालिङ खबर
८ श्रावण २०७६, बुधबार १५:३१

साउन ८, सर्लाही – जेष्ठ नागरिक महिला तथा समाज कल्याण मन्त्री थममाया थापाले बाढी लगायत डुवान पिडितहरुको पीडाबाट सरकार निकै नै चिन्तित रहेको बताउनु भएको छ ।

बुधबार महोत्तरी हुँदै सर्लाही र रौतहटको विभिन्न बाढी तथा डुवान पिडितहरुको लागि अनुगमन गर्न पुगेका मन्त्री थापाले आज हरिवन नगरको वडा नाम्बर ४ सासापुरमा राहत सामाग्री वितरण गर्नु हुँदै यस्तो बताउनु भएको हो ।

पिडित ब्यक्तीको सुरक्षा र उनीहरुको बसोबासको लागि सरकार चिन्तित रहेको बताउनु हुँदै त्यसलाई सहि रुपमा प्रभावकारी रुपमा राहत वितरण कार्यको लागि स्थानीय स्तरमा रहेको गैर सरकारी संस्था अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहकार्यमा एकद्वारा प्रणालीबाट राहत वितरण गर्ने काम भैरहेको समेत जानकारी दिनुभयो ।

बागमती सेवा समाज नेपाल हरिवन र रिलिफ नेपालको सहयोगमा आज हरिवन नगरपालिका वडा नम्बर ४ का डुवानबाट घर परिवारमा पुर्ण क्षति र आंशिक क्षति पुगेका हरुको लागि चामल २५ केजि, चिउरा १० केजि, दाल २ केजि, नुन, तेल, झुल दुई थान म्याट, चटाई २ थान बाल्टिन जग साबुन लगायत सामाग्री १० घर परिवारलाई १ परिवार बराबर ४ हजार ३ सय ७५ रुपैयाँको राहत सामाग्री वितरण गरिएको छ ।

विगत २५ वर्ष देखि विभिन्न सामाजिक क्षेत्रका साथै विपतको क्षेत्रमा काम गर्दै आएको बागमती सेवा समाज हरिवनले प्रदेश दुईको १३१ स्थानीय तहका साथै सर्लाहीमा विपतको क्षेत्रमा अहोरात्र खटी रहेको र सर्लाहीमा ६५ जना स्वयंसेवक अहोरात्र खटिरहेको समाजका पुर्वअध्यक्ष निरज भण्डारीले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*