तिन नम्बर प्रदेशको बहुप्राविधिक महाविद्यालय चौतारामा बन्ने
साउन ८, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारामा बहुप्राबिधिक महाबिद्यालय बन्ने भएको छ । तिन नम्बर ३ प्रदेशको सामाजिक बिकास मन्त्रालयको पहलमा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा बहुप्राबिधिक महाबिद्यालय स्थापना हुने भएको हो ।
नयाँ भवन निमार्णको लागि प्रदेश सरकारबाट बजेट स्वरुप ११ करोड विनियोजन भईसकेको तथा जग्गा प्रप्तीको अन्तिम चरणमा पुगेको र भवन निमार्णको काम यसै आर्थिक बर्षको शुरुवात बाटै हुने जानकारी मन्त्रालयका प्रमुख स्वकीय सिपी दुलालले जानकारी दिनु भएको छ । ‘सिन्धुपाल्चोक, दोलखा, काभ्रे, काठमाडौको पुर्वी भाग नुवाकोटका आमबिद्यार्थी र अभिभाबकलाइ यसको प्रत्यक्ष फाईदा पुग्ने मन्त्री दुलालले भन्नुभयो ।
बैदेशिक रोजगारीमा जाने युवाहरुको सँख्या दिनप्रति दिन बढिरहेको अबस्थामा यो महाबिद्यालय स्थापनाले स्वदेशमै रोजगारीको सिर्जना गर्नुका साथै सिप युक्त तालिमले हजारौ युवाहरु बिदेश पलायन हुने क्रम केही प्रतिशतमा कमी आउने उहाले बताउनु भयो ।’ जनयुद्धका सहिद कमल शर्मा दिनेश र गोबिन्द बजगाई रामजीको स्मृतीमा उक्त महाबिद्यालय बन्न लागेको हो ।






