ओढारमा लुकाइएको १६ किलो सुन बरामद

तामसालिङ खबर
९ श्रावण २०७६, बिहीबार १८:४६

साउन ९, गोरखा – गोरखाबाट अवैध १६ किलो सुन प्रहरीले बरामद गरेको छ । गोरखाको प्रहरीले ओढारमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको हो ।

गोरखाको धार्चे गाउँपालिका ३ को खोर्लाबेशी बजार भन्दा एक किलोमिटर मथिको रहेको पहरोको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरी बिहिबार बिहान बरामद गरेका हुन् ।

प्रहरीले चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले सो लुकाइराखेको ठाँउ देखाएका थिए । अहिले बरामद गरिएको सुन र गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*