मेघगर्जन सहित वर्षा हुने, आगामी ३ दिनको मौसम

तामसालिङ खबर
१८ श्रावण २०७६, शनिबार ११:०६

काठमाडौं : हाल देशभर सामान्यतय बदली भई पूर्व र मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिणतिर अवस्थित भएको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिएको मौसमविद्ले बताएका छन् ।

महाशाखाले शनिबार बिहान ६ बजे प्रकाशन गरेको बुलेटिन अनुसार देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । राति पनि देशका केही स्थानमा मेघगर्जन /चट्याङसहित वर्षा हुने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*