खाँडादेवीको ३ नम्बर वडा कार्यालयमा सिलिण्डर ग्यास विस्फोट

तामसालिङ खबर
१८ श्रावण २०७६, शनिबार १२:०३

साउन १८, रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका ३ नं. वडा कार्यालयमा बम विष्फोट भएको छ । भीरपानीमा रहेको उक्त वडा कार्यालयमा अज्ञात समुहले बम विस्फोट गराएको हो ।

आज (शनिबार) बिहान करिब दुई बजेको समयमा सिलिन्टर बम विस्फोट हुँदा कार्यालय ध्वस्त भएको छ भने कार्यालयभित्र रहेको कागजपत्र जलेर नष्ट भएको छ ।

ग्यास विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको छ । आज विहान मात्र वडा कार्यालयको भवन हुँदै पानी लिन गएका व्यक्तिहरुले वडा कार्यालयमा आगजनी भएको देखेपछि उनीहरुले प्रहरीमा खवर गरेका थिए ।

घटनाको जानकारी पाएपछि अहिले उक्त क्षेत्रमा प्रहरी पुगेको र घटनाको सम्वन्धमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापले पनि अज्ञात समुहको खोजी कार्य अगाडि बढाइएको बताएको छ । सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लब समूह)ले विष्फोट गराएको आशंका स्थानीयले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*