विप्लब समुहका प्रभाबशाली नेता सहित ३० जना नेकपा मकवानपुरमा प्रवेश
साउन १८, हेटौडा – सरकारले प्रतिबन्ध लगाएको विप्लब समुहका प्रभाबशाली जिल्ला नेता ठाकुर सिं थिङकाे नेतृत्वमा ३० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरमा प्रवेश गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटिको बैठकमा नेपाल कम्युनिष्ट पार्टी विप्लब समूह र नेपाली कांग्रेसबाट प्रवेश गरेका हुन् ।
नेकपाको स्थायी कमिटी सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्यहरु बिरोध खतिवडा, कुमारी मुक्तान, रामेश्वर राना, लगायतकोले खादा लगाएर स्वागत गरिएको छ ।







