नेकपा मकवानपुरको ४८ सदस्यीय जिल्ला सचिवालय कमिटी तोकियो (नामावली सहित)
साउन १८, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको शनिबार बसेको जिल्ला कमिटी बैठकले ४८ जनाको जिल्ला सचिवालय समिति तोकेको छ । तत्कालिन माओबादी र तत्कालिन एमालेका पहिलेको जिल्ला सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको हो ।
बैठकले अबको एक महिना भित्रमा नेकपाको स्थानीय तह कमिटि निर्माण गर्ने निर्णय गरेको छ । ४८ सदस्यीय जिल्ला सचिवालय सदस्यमा २६ जना तत्कालिन नेकपा एमालेका तर्फबाट र २२ जना तत्कालिन माओबादीका तर्फबाट तोकिएको छ ।
तत्कालिन एमालेमा ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो । यता माओबादीमा भने ३३ जनाको जिल्ला सचिवालय रहेको थियो । दुबै तर्फबाट सचिवालय सदस्य घटाएर निर्णय गरिएको जिल्ला इन्चार्ज बिरोध खतिवडाले बताउनुभयो ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्यहरु बिरोध खतिवडा, केदार न्यौपाने, डोरमणि पौडेल, रामेस्वर राना, कुमारी मोक्तान, प्रदेश ३ कमिटीका सदस्यहरु कृष्ण दाहाल, अनन्त पौडेल, प्रलाद लामिछाने, सर्केस घलान, ओम घलान, एकराज उप्रेती लगायतकाको सहभागिता रहेको थियो ।
४८ सदस्यीय सचिवालय कमिटिको नामावली हेर्नुहोस :
१.मुनु सिग्देल
२.प्रेम ब. पुलामी
३.अणराज जर्गा मगर
४.अनिल बानियाँ
५.अर्जुन ढुङ्गेल
६.इन्द्र नेपाल
७.एकलाल श्रेष्ठ
८.कमल बिष्ट
९.कमान सिं पाख्रिन
१०.गोपाल श्रेष्ठ
११.गोविन्द चेपाङ
१२.जय बहादुर वाइवा
१३.जिवन गोले
१४.जुनेली श्रेष्ठ
१५.ज्ञानसागर ब्लोन
१६.तिलक कुमार अधिकारी
१७.नवीन सिग्देल
१८.पद्मा पौडेल
१९.प्रकाशचन्द्र पाण्डे
२०.प्रमिला लामा पुलामी
२१.फुर्वादोर्जे लामा
२२.बद्री बहादुर स्याङ्तान
२३.बद्री लम्साल
२४.बनस्तम थिंङ
२५.बलराम बल
२६.बालकुमार मल्ल
२७.बालकृष्ण चौलागाई
२८.बिर बहादुर राई
२९.भगवती पुडासैनी
३०.भगिरथ नेपाल
३१.मधुसूदन खतिवडा
३२.मानकुमारी पाख्रिन नेपाली
३३.मिना लामा
३४.राजाराम स्याङ्तान
३५.रामचन्द्र बल
३६.लक्ष्मी गोले
३७.लक्ष्मी माझी
३८.लवशेर विष्ट
३९.लाल बहादुर थापा
४०.विष्णु दहाल
४१.विष्णु प्रसाद ढकाल
४२.शंकरराज बानिया
४३.शेरबहादुर पहरी
४४.श्रीधर पोख्रेल
४५.सन्त बिर लो
४६.सुमन पाख्रिन
४७.हरि बहादुर महत
४८.हिदम लामा






