गुम्बाको नवनिर्मित गेट उदघाटन, सिम्खडाद्वारा २ लाख सहयोग
साउन १९, चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ मा रहेको साङ्छेवाङ् टासी बौद्ध गुम्बाको नव निर्मित गेट एक कार्यक्रम बीच शनिवार उदघाटन गरिएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा लामो समय देखि जापानमा रहेको समाजसेवी बासु सिम्खडाले २ लाखको सहयोगबाट निर्माण भएको सो गेटको उदघाटन सिम्खडाकी आमा गोमा सिम्खडाले रिबन काटेर उदघाटन गर्नु भएको हो ।
आफ्नो गाउँ समाजलाई सहि बाटोमा डोहो¥याउन बौद्ध गुम्बा र बौद्ध मार्गीले खेलेको भुमिका अतुलनीय रहेको जनाउँदै आउने दिनहरुमा सहयोग जारि रहने समाजसेवी सिम्खडाले बताउनुभयो ।
छोरा बिदेशमा रहेपनि आफ्नो घर नजिकैको गुम्बाले गरेको गतिविधि नियालिरहेको सिम्खडाको आमाले बताउदै धार्मिक आस्था जे जस्तो भए पनि छोराले गरेको मुल्यांकन र बिश्वास नटुटाइ दिन बौद्धमार्गीहरुलाई आग्राह गर्नुभएको छ ।

बौद्ध धर्म संस्कार अनुसार लामा गुरु पेमासंङ्गे लामाको बिशेष उपस्थिति, मन्त्र उचारण, गुम्बा परिक्रमा संगै पूजापाठ पश्चात् सिम्खडाले सहयोग रकम गुम्बाका अध्यक्ष राजेश रुम्बालाई हस्तान्तरण गर्नु भएको थियो । गुम्बाका सदस्यहरुले सिम्खडालाई फूल माला र खादा ओढाइ सम्मान गरेका थिए।






