नेकपा मकवानपुरको स्थानीय तहमा भागबन्डा मिल्यो
साउन १९, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको शनिबार बसेको जिल्ला कमिटी बैठकले दश स्थानीय तहमा तत्कालिन एमाले र तत्कालिन माओबादीका अध्यक्ष र सचिव रहने बिषयमा समेत टुङ्ग्गो लगाइएको छ । तत्कालीन एमालेले ६ वटा स्थानीय तहमा अध्यक्ष पाउने भएको छ भने माओबादीले ४ वटा स्थानीय तहमा अध्यक्ष पाउने निर्णय गरिएको छ ।
तत्कालिन एमालेले हेटौंडा उपमहानगरपालिका, बकैया गाउपालिका, इन्द्रसरोवर गाउपालिका, भिमफेदी गाउपालिका, कैलास गाउपालिका र मकवानपुर गढी गाउँपालिकामा पार्टीको जिम्मेवारीमा अध्यक्ष पाउने भएको छ । सो स्थानमा तत्कालिन माओबादीले सचिव पाउने भएको छ ।
त्यस्तै, तत्कालिन माओबादीले थाहा नगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका र राक्सीराङ गाउँपालिकामा पार्टीको अध्यक्षको जिम्मेवारी पाउने भएको छ । ती तहमा तत्कालिन एमालेले सचिव पद पाउने भएको छ । पार्टी अनुसार भागवण्डा लगाइए पनि ब्यक्ति भने दशवटै स्थानीय तहमा तोकिएको छैन ।
तत्कालिन एमाले र तत्कालिन माओबादीले यी स्थानीय तहमा नेतृत्व गर्नेछ –
१. बागमती – (अध्यक्ष पुर्व माओवादी, सचिव पुर्व एमाले)
२. बकैया – (अध्यक्ष पुर्व एमाले, सचिव पुर्व माओवादी)
३. हेटौडा – (अध्यक्ष पुर्व एमाले, सचिव पुर्व माओवादी)
४. मकवानपुर गढी – (अध्यक्ष पुर्व एमाले, सचिव पुर्व माओवादी)
५. भिमफेदी – (अध्यक्ष पुर्व एमाले, सचिव पुर्व माओवादी)
६. इन्द्रसरोवर – (अध्यक्ष पुर्व एमाले, सचिव पुर्व माओवादी)
७. थाहा नपा – (अध्यक्ष पुर्व माओवादी, सचिव पुर्व एमाले)
८. कैलास – (अध्यक्ष पुर्व एमाले, सचिव पुर्व माओवादी)
९. राक्सिराङ – (अध्यक्ष पुर्व माओवादी, सचिव पुर्व एमाले)
१०. मनहरी – (अध्यक्ष पुर्व माओवादी, सचिव पुर्व एमाले)






