पुर्बपश्चिम मार्गको कान्तबिजोग – रजैया देखी लोथर सम्म हजारौ खाल्डाखुल्डी
साउन २१, मनहरी – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका क्षेत्रमा भित्र पर्ने पुर्व-पश्चिम राजमार्गको सडकमा खाल्डा खुल्डी टालेको केहि महिना नबित्दै फेरि पुरानै अवस्थमा देखिएको छ ।
मनहरी गाउपलिकाको वडा नम्बर ९ रजैया देखी चितवन जिल्लाको सिमाना पर्ने ६ नम्बर वडाको लोथर बजार सम्मको सयौ खाल्डा खुल्डी पुरेको ३ महिना नपुग्दै फेरि ठुल्ठुला खल्डा खुल्डी भएको छ ।

खल्डा खुल्डी पुर्दा गुणस्तरिय सामानको प्रयोग नगर्दा सडक फेरि पुरानै अवस्थामा परिणत भएको स्थानिय बासिन्दहरु बताउन छन । मनहरीको रजैया, ज्यामिरे, सिमपानी शिबिर, बिजौना, रमन्टार, डिपाट, नयाँ बस्ती, सुनाचुरी र लोथर बजार क्षेत्रमा मात्रै एक हजार भन्दा बढि खल्डा खुल्डी रहेका छन् ।
दैनिक रुपमा हजारौ सवारी साधानहरुको आवतजावत हुने देशकै पुरानो मार्गको खल्डामा परेर दुर्घटना हुने होइन भन्ने डर लिएर चालकहरुले चलिरहेको छ ।
त्यस्तै, स्थानिय रुटमा सञ्चालन हुने म्याजिक अटोरिक्सा तथा मोटरसाईकललाई झनै समस्या छ । एउटा खाल्डो छलायो अर्को खाल्डामा पर्ने ज्यान जोखिममा राख्दै यात्र गर्नु परेको स्थानिय अटो चालकको भनाई छ ।

विशेष गरेर बेलुका पखको यात्रा झनै खतरनाक रहेको मनहरी ६ का सिमोन चेपाङले बताए । राती सडकमा रहेको खाल्डा खुल्डी ठम्याउनै गाह्रो छ चेपाङले भने, बाटोको समास्याले साधानमा समेत छिट्टै समस्या आउने गरेको चेपाङको भनाई छ ।
हाल मनहरी ६ र ७ को विभीन्न स्थानमा हाल ग्राबेल खाल्डामा भरेर सामान्य रुपमा टालटुल गर्ने काम भने भइरहेको छ ।






