प्रदेश ३ सरकारले राहत उपलब्ध गराउने निर्णय

तामसालिङ खबर
२२ श्रावण २०७६, बुधबार ०९:४६

साउन २२, हेटौंडा – तिन नम्बर प्रदेश सरकारको विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुवानमा परेर विस्थापित भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

अबिरल वर्षका कारण आएको बाढी, पहिरो, डुवान लगायतको घटनामा परि खाद्यान्न, लत्ताकपडालगायत घर पुर्ण रुपमा नष्ट भएका वा पुर्ण नष्ट नभए तापनि संभावित खतराबाट जोगीन अन्यत्र सर्नु पर्ने वा विस्थापित भई सुरक्षित स्थानमा नयाँ आश्रय स्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रति परिवार १ लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समतिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुर जिल्लाका बाढी पहिरो डुवान लगायत घटनाबाट अति प्रभावित स्थानिय तहहरु पहिचान गरि ती स्थानीय तहहरुमा भएको खानेपानी, सिंचाई, सडक, विद्यालयलगायतको भौतिक संरचनाको क्षति विवरण सम्बन्धीत जिल्ला विपद व्यवस्थापन समिति मार्फत माग गर्ने समेत निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*