मनहरीमा वेमौसमी तरकारी उत्पादन सम्बन्धी तालिम सकियो
साउन २२, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपलिकाको वडा नम्बर ६ सुनाचुरिमा सञ्चालित ३ महिने निशुल्क वेमौसमी तरकारी उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
नेपाल सरकार कृषी मन्त्रालयको सहयोग तथा सिटीभिटीको आयोजनामा मनहरी ६ को अगुवा कृषकहलाई लक्षित गरि सञ्चालन गरेको तालिमको बुधबार समापन गरिएको छ ।
तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख आथिती समेत रहेका मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले बेमौसमी आर्गनिक तरकारी उत्पादन गरेमा कृषकहरु आर्थिक रुपले बलियो हुने बताए ।
किसानहरु आफै सचेत भई सकेसम्म तरकारी उत्पादन गर्दा विष जन्य बस्तुको प्रयोग नगरि प्राकृतिक बिधी प्रयोग गरि तरकारी तथा कृषी जन्य बस्तुहरु उत्पादनमा जोड दिनु पर्ने बताए ।
वेमौसमी तरकारी आर्गनिक तरकरी उत्पादन गर्न सकेमा अरु कृषकहरुले भन्दा बढि आर्थिक लाभ लिन सकिने अध्यक्ष उप्रेतीले बताए । तालिमको समापनको अवसरमा तालिममा सहभागीहरुले आधुनिकीकरण खेतीमा जोड दिई गाउँ समाजमा आफनो छुट्टै पहिचान बनाउन लागि पर्ने बताए ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ६ नम्बर वडाका वडाअध्यक्ष गोपीलाल मुक्तान अध्यक्षतामा भएको थियो ।






