हेटौंडा खानेपानीको महसुल इन्टरनेटबाट तिर्न सकिने

तामसालिङ खबर
२३ श्रावण २०७६, बिहीबार २०:३६

साउन, हेटौंडा – हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्ताले आगामी हप्ताबाट अनलाईनबाट नै पानीको महशुल तिर्न सक्ने भएका छन् । बोर्डले आगामी हप्ताबाट अनलाईन पेमेन्ट सेवा सञ्चालन गर्ने भएको हो ।

उपभोक्ताहरुलाई सहजता होस् भन्ने उद्वेश्यले अनलाईन पेमेन्ट सेवा सञ्चालन गर्न लागेको बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले जानकारी दिए । उनले हेटौंडा उपमहानगरभित्रका विभिन्न क्षेत्रबाट पानीको महशुल तिर्न बजारसम्म आउनुपर्ने उपभोक्ताको बाध्यतालाई घरमै बसेर समाधान हुने बाटो खुलेको बताए ।

ढकालका अनुसार बोर्डले डिजिटल सूचना प्रणाली पनि सञ्चालनमा ल्याउने भएको छ । साउन महिना भित्र नै सो प्रणाली सञ्चालमा ल्याउने बोर्डको तयारी रहेको ढकालले सुनाए । उनले डिजिटन सूचना प्रणालीमा बोर्डको मार्सिक आयव्यय हिसाब, बोर्डले गर्नुपर्ने कामहरु, नागरिक बडापत्र लगायतको बारेमा जानकारी दिइने बताए

यसैबीच हेटौंडामा एक वर्षको अवधिमा करिब दुई हजार वटा धारा थपिएका छन् । हेटांैडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्ष २०७५/०७६ मा दुईहजार एकसय दशवटा धारा जडान गरेको जनाएको छ । हेटौंडा उपमहानगरको विभिन्न वडामा पानी वितरण गर्दै आएको बोर्डले गत वर्षमा दुईहजार एकसय दशवटा धारा जडान गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालको अनुसार एकहजार दुईसय ४३ वटा धारा जडान गर्न माग गर्दै निवेदन परेकोमा बोर्डले मागभन्दा आठसय ६७ वटा धारा जडान गर्न सफल भएको हो ।

त्यस्तैगरी एकसय ३७ वटा धाराको नामसारी, ६ सय १७ वटा पुरानो धारामा मिटर जडान, एकसय दुईवटा मिटर मर्मत, पाँचसय ९७ वटा मिटरको ठाउँ परिवर्तन गर्ने लगायतको काम गरेको छ । ढकालले बोर्डले सातसय पचासवटा मेनलाईन लिकेज, २८ हजार पाँचसय ९४ मिटर पाईपलाईन बिस्तार, एकहजार चारसय ७५ मिटर पुरानो जिर्ण पाईप परिवर्तन लगायतको काम गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*