हेटौडामा पनि शुरु भो, कपडा बैंक
साउन २५, हेटौंडा – प्रदेश तिनको अस्थायी राजधानी हेटौंडाको हुप्राचौरमा शनिवारदेखि कपडा बैंक सञ्चालनमा आएको छ ।
हेटौंडा युवा अभियानको आयोजना तथा रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको पहलमा कपडा बैंक सञ्चालनमा ल्याएको हो । अभियानको आयोजनामा युवाहरुको एक समूहले पुरानो लुगा संकलन गरेर विपन्न र गरिवलाई वितरण गरिने काम सुरु भएको हो ।
हाम्रो लागि ठिक नभएको लुगा अरुको लागि नयाँ हुन सक्छ भन्दै उनीहरुले लुगा संकलन गरेर लुगा नभएका व्यक्तिहरुलाई वितरण गरिने उद्देश्य राखिएको जनाएको छ । अभियानका युवाले लगाउन सकिने लुगा दिन आए राखेर सफा गरि लगाउने योग्य बनाएर वितरण गरिने योजना रहेको बताएका छन् ।
विभिन्न उमेरका बालबालिका र वृद्धहरुका लागि लुगा राखिएको र चप्पलहरु समेत राखिने लक्ष्य रहेको अभियानका युवाहरुले बताएका छन्. । गरिब असहायलाई सहयोग पुग्ने भन्दै हामीले यो कार्यको थालनी गरेको बताएका छन् ।
शनिबारदेखि हेटौंडा ४ हुप्राचौर गेटस्थित सञ्चालनमा आएको बैंक एक फलामको सानो घरजस्तोमा कपडाहरु झुण्डाईएको छ । शनिबारमात्रै १० जनाले लुगा लिएर गएका छन् ।






