तिन नम्बर प्रदेशका सामुदायिक बिद्यालयलाई दश वटा वस दिइने
साउन २५, हेटौंडा – तिन नम्बर प्रदेशको सामाजिक बिकास मन्त्रालयले प्रदेशका १० वटा सामुदायिक बिद्यालयलाई वस वितरण गर्ने भएको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई टाढाबाट आउनुपर्ने बाध्यता भोग्दै आएकाहरुलाई ध्यानमा राखेर बस उपलब्ध गराउन लागिएको हो ।
बिद्यालय आउनका लागि आधा घण्टा भन्दा बढी समय हिड्नुपर्ने बाध्यता भोग्दै आएका बिद्यार्थीलाई ध्यानमा राखेर दश बिद्यालयलाई एउटाका दरले दश वटा वस उपलब्ध गराउन लागिएको छ ।
बिद्यार्थी कम र शिक्षक बढी भएका बिद्यालय मर्ज गर्दा केही बिद्यार्थीलाई टाढाबाट बिद्यालय आउनुपर्ने बाध्यता हुने भएकाले बिशेषगरी त्यस्ता बिद्यालयलाई प्राथमिकता दिएर बस उपलब्ध गराइने उहाँले बताउनुभयो ।
सामुदायिक बिद्यालयमा वस उपलब्ध गराउनका लागि चालु आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो रकमबाट मन्त्रालयले बस खरिद गरेर प्राथमिकताका आधारमा कार्यबिधि बनाएर बस उपलब्ध गराउन लागेको हो ।






