भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने
साउन २६, काठमाडौ – आउदो भदौ ४ गते भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । नेपालमाथी नाकाबन्दी गरेको आरोप लागेका उनी एयर इण्डियाबाट नेपाल आउन लागेका हुन् ।
भारतीय दूतावासका एक कर्मचारीका अनुसार नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा आउन लागेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।
भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । त्यसपछि विदेशमन्त्रीले उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालस्थित भारतीय दुतावासले सोहीदिन रात्री भोज दिनेछ । उनी भदौ ५ गते विहानै भारत फर्किने बताइएको छ ।






