प्रदेश २ मा सोमबार सार्वजनिक बिदा

तामसालिङ खबर
२६ श्रावण २०७६, आईतवार २०:१८

साउन २६, जनकपुर – प्रदेश २ को सरकारले भोलि सोमबार सार्वजनिक विदा गर्ने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।

प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*