हेटौंडामा बस दूर्घटना हुँदा एकको मृत्यु १५ जना घाइते

तामसालिङ खबर
३१ श्रावण २०७६, शुक्रबार ११:२०

साउन ३१, हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ दारिमटारमा बस दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका   छन् । मुत्यु हुनेमा सर्लाही रामपुर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा रहेका छन् ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको बस शुक्रबार राति २ः ३० बजेको समयमा ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर नालीमा खसेको थियो । उक्त बसका चालक निदाएका कारण दूर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते १५ जना मध्ये ८ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने ४ जनालाई थप उपचारका लागि चितवन लगिएको छ । बाँकी ३ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*