मनहरीमा चार दिने स्वास्थ्य शिबिरमा ११ सय जनाको उपचार
साउन ३१, हेटौंडा – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीमा सञ्चालन भएको चार दिने स्वास्थ्य शिविरमा एक हजार १ सय जनाले स्वास्थ्य उपचार गराएका छन् ।
ग्लोवल फाउन्डेसन फर अल फाउन्डेसन नेपालको आयोजनामा कोरीयाको केन्याम युनिभसिटीका शिक्षक र बिद्यार्थीले मनहरीमा आएर निशुल्क उपचार र औषधि बितरण गरेका हुन् । चार दिन सम्मको कार्यक्रममा थेरापी गर्ने, आँखा जाँच लगायत सबै खालका उपचार गरेको फाउन्डेसनको अध्यक्ष उद्धव उप्रेतीले बताउनुभयो ।
मनहरीको महेन्द्र किरण माध्यमिक बिद्यालयमा गरिएको शिबीरमा मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, चितवन जिल्ला, कैलाश, राक्सीराङ गाउँपालिका लगायतका क्षेत्रका बिरामीले उपचार गराएका छन् । कोरीयन डाक्टर सहितको २५ जनाको टोलीलले चार दिन सम्म शिबिर राखेर उपचार गर्दै औषधि बितरण गरेका हुन् ।
उपचार संगै कोरीएनले महेन्द्र किरण माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई कापी, कलम, झोला, खेलकुदका सामाग्री बितरण गरेका हुन् । कार्यक्रमको समापनका अवसरमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले कोरीयादेखि आएर आफ्नो गाउँक्षेत्रमा बिरामीको उपचार गर्दै औषधि बितरण गर्नुभएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । कोरीयनहरुले आफ्नै ब्यक्तिगत पैसा खर्च गरेर शिबीर राख्दै बिरामीको उपचार गर्नु अत्यन्त सहयोगी भावना रहेको बताउनुभयो ।
कार्यक्रममा ग्लोवल फाउन्डेसन फर अल फाउन्डेसन नेपालका उपाध्यक्ष शिद्धीलाल श्रेष्ठले कोरीएनको डाक्टरको टिमलाई मनहरीमा ल्याएर शिबीर राख्नका लागि आफुहरु माध्यम बनेको बताउनुभयो ।






