प्रदेश न. ३ को प्रमुख सचिब ढकाल लोकसेवा आयोगमा सरुवा

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार ०९:३९

भदौ ५, हेटौंडा – संघीय सरकारले प्रदेश ३ का प्रमुख सचिव सहित सरकारका १६ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रदेश न. ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोकसेवा आयोगमा सरुवा गरेको हो ।

तिन नम्बर प्रदेश सरकार पूर्ण रुपमा नयाँ संरचना भएकाले पनि काम गर्नका लागि पहिले आउँदा समस्या भएपनि अहिले भने सहज बनाइएको ढकालले बताउनुभयो । कानून निर्माणको कामलाई बढी प्राथमिकताका साथ गरिएको र अव आउनेलाई सहज रुपमा काम गर्ने वातावरण समेत तयार पारिएको   छ ।

अब प्रमुख कायम मुकायम सचिबका रुपमा तोयम राय आउनुहुने भएको छ । अर्थ मन्त्रालयका सहसचिवका रुपमा काम गर्नु भएका राय कायम मुकायम प्रमुख सचिबका रुपमा काम प्रदेश ३ मा आएर काम गर्ने हुनु भएको छ । अहिले भईरहेका सहसचिबमा सिनियर सहसचिबका रुपमा रायले काम गर्दै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*