आदिवासी जनजाति महासंघ तिन नम्बर प्रदेशको अधिबेशन सिन्धुलीमा हुने 

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार ११:२१

भदौ ५, सिन्धुली – नेपाल आदिवासी जनजाति महासंघ (नेवाः ताम्सालिङ प्रदेश) तिन नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशन सिन्धुलीको सिन्धुलीमाढीमा हुने भएको छ । आगामी असोज ४ र ५ गते सिन्धुलीमाढीमा अधिवेशन गर्न तयारी तिब्र पारेको छ । अधिबेशनको  तयारीमा जुट्न महासंघले सोमबार सिन्धुलीमाढीमा सरोकारवालाहरुको बिस्तारित बैठक गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुलीको उपाध्यक्ष महेन्द्र बहादुर सुनुवारको अध्यक्षता बसेको सरोकारवालाहरुको बैठकमा महासंघका प्रदेश नम्बर ३ का संयोजक काजीमान थिङले प्रथम अधिबेशन सिन्धुलीमा आयोजना गर्न लागेको जानकारी गराएका थिए ।

बैठकले अधिबेशन सफल बनाउन जिम्मेवारी बाँडफाँट सहित विभिन्न उप–समितिहरु गठन गरेको छ । महासंघको जिल्ला अध्यक्ष उक्तबहादुर थापा मगर र उपाध्यक्ष महेन्द्रबहादुर सुनुवारको संयोजकत्वमा व्यवस्थापन उपसमिति, फोनिज सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

त्यसैगरी नेपाल मगर युवा संघ प्रदेश नं. ३ का अध्यक्ष सरोज पुलामीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, जिल्ला समन्वय परिषदका कोषाध्यक्ष तुल गुरूङको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र कमलामाई नगर समन्वय परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति गठन गरेको छ ।

अधिवेशनको बारेमा जानकारी गराउँनु हुँदै प्रदेश संयोजक काजीमान थिङले अधिवेशनमा तिन नम्बर प्रदेशका १३ जिल्ला समन्वय परिषद, स्थानीय तह समन्वय परिषद र ४५ भन्दा बढी जातीय संस्थाको करिव दुई सय पचास जना प्रतिनिधि सहभागी हुने बताए । ‘अहिले १३ जिल्ला र जिल्लाका विभिन्न स्थानीय तहहरुमा समन्वय परिषदको अधिवेशन, भेला र प्रशिक्षण भइरहेको संयोजक थिङले बताए ।

नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले उदघाटन गरिने अधिवेशनमा विभिन्न जातीय संस्थाका प्रमुख, सरकारका मन्त्री, सांसद र स्थानीय सरकारका प्रमुखहरुले सम्बोधन गर्ने महासंघ जनाए । बैठकमा महासंघ सम्बद्ध विभिन्न जातीय संस्थाका अगुवाहरुको सहभागीता थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*