हेटौँडाको चुरियामाई स्वास्थ्य चौकीलाई प्रयोगशाला सामाग्री हस्तान्तरण
भदौ ६, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको चुरियामाई स्वास्थ्य चौकीलाई स्वास्थ्य मान्त्रालयबाट प्रदान गरिएको ल्यावका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बिहिबार एक कार्यक्रमको बीच स्वास्थ्य चौकीलाई ल्यावमा आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
ल्याबमा माइक्रोस्कोप १ थान, रेफ्रिजेरेटर १ थान, अटोक्लेप १ थान, वाटरबाथ १ थान, सेन्टीचयुड १ थान, माइक्रोपिडेट २ थान लगायत अन्य आवश्यक सामाग्री हस्तान्तरण गरिएको चुरियामाई स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण दाहालले बताउनु भयो ।
तत्कालिन संघीय समाजवादी फोरम नेपालका १५ नम्बर वडाध्यक्ष हरिबहादुर रुम्बाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा तत्कालिन संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष शुभरत्न गोले, जिल्ला सचिव सुबोध घलान, तत्कालिन नया शक्ति पार्टीका जिल्ला संयोजक जिवनमान मोक्तान, लगायत स्वास्थ्य चौकीको कर्मचारीहरु सहभागी रहेको थियो । १५ नम्बर वडाका वडाअध्यक्ष महारत्न लामाको अध्यक्षतामा भएको हो ।






