मकवानपुरको दश स्थानीय तहको कानुनी सहजकर्ता छनोट

तामसालिङ खबर
७ भाद्र २०७६, शनिबार १४:५४

भदौ ७, हेटौंडा – तिन नम्बर प्रदेशको राजधानी मकवानपुरको दश स्थानीय तहमा रहेका न्यायिक समितिका लागि कानुनी सहजकर्ता छनौट भएका   छन् । मकवानपुरका १० स्थानीय तहका न्यायिक समितिमा रहेर काम गर्ने कानुनी सहकर्ताहरु अन्तरवार्ताबाट छनोट भएको हो ।

मकवानपुरका १० स्थानीय तहका लागि ३ सय ४८ जनाले आवेदन दिएका मध्ये अन्तरवार्ताबाट कानुनी सहजकर्ता छनोट भएका हुन । जिल्ला समन्वय समितिले एक स्थानीय तहका लागि बैकल्पिक २ सहित तीन जना छनोट गरेको छ ।

मकवानपुरगढी गाउँपालिकामा हेटौंडा–६ का रामशरण लामिछाने, मनहरी गाउँपालिकामा हेटौंडा–१९ का रेखा सापकोटा, राक्सिराङमा गढी–६ का प्रविण हुमागाँई, भीमफेदीमा भीमफेदी–९ का खड्गमाया चौलागाँई, थाहा नगरपालिकामा हेटौंडा–९ का गोपी कुमारी कार्की, हेटौंडा उपमहानगरपालिकामा हेटौंडा–१४ का रोजिता लम्साल, ईन्द्रसरोवरमा गढी–५ का कविता लम्साल, कैलाशमा कैलाश–९ का मिना थिङ्, बकैयामा हेटौंडा–५ का बिनिता महत र बागमतिमा बागमति–८ कै श्रीदेवी गोले छनोटमा परेको छ ।

अन्तरवार्तामा सफल भएका उमेद्वारहरुलाई आगामि भदौ १० गते ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सम्पर्क गर्न जानकारी गराईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*