तेमाल बासीलाई विद्यूतीय चुलो वितरण
भदौ ८, काभ्रे – नेपाल विद्यूत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङले दाउरा र ग्यासको प्रयोग कम गर्ने उदेेश्यले तेमाल गाउँपालिकाको प्रत्येक वडाका १ – १ जनालाई विद्यूतीय चुलो वितरण गरिएको छ ।
कार्यक्रममा नेपाल विद्यूत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङ, तेेेमाल गाउँपालिका अध्यक्ष सलाम सिँ तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, तेमाल समुदायिक ग्रामिण विद्युतिकारण सहाकारी सस्थाको अध्यक्ष सार्कीमान तामाङ, लगायतको उपस्थित रहेको थियो ।

सन् २०२२ भित्र हरेक नेपालीको स्वच्छ भान्सा बनाउने सरकारको लक्ष्य पूरा गर्न विद्यूतीय चुलो महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी समेत गरेको छ । सरकार धुँवा रहित भान्सा बनाउन लागिपरेको भन्दै यो अभियान काभ्रेको तेमालबाट सुरु भएको निर्देशक घिसिङले भन्नुभयो ।
तेमाल सामुदायिक विद्युत सहकारीले आफ्ना ५५ सय परिवार विद्युतका ग्राहकलाई एलपी ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने बताएको छ । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तमाङले गाउँपालिकाले यो अभियानमा सघाउ पुर्याउने बताए ।
उनले गाउँमा करिब ५ हजार विद्युतका पोल काठको भएको भन्दै त्यसले दुर्घटनाको जोखिम बढेको उल्लेख गरे । विद्युत प्राधिकरणले ९० प्रतिशत लगानी गरे बाँकी १० प्रतिशत आफैं हालेर गाउँपालिकाले काठका पोलहरु फेर्ने उनले प्रस्ताव गरेको छ ।






