यी हुन् नेकपा मकवानपुरको स्थानीय तहमा नेतृत्व गर्ने अध्यक्ष र सचिव (नामावलीसहित)
भदौ ८, हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको आज बसेको सचिवालयको बैठकले स्थानीय तहको पार्टी एकिकरणलाई टुंगाएको छ । बैठकले स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको छ ।
बैंठकले नगर र गाउँपालिकाको अध्यक्ष र सचिव चयन सँगै जिल्ला कार्यालय टिम पनि चयन गरेको जिल्ला सचिब प्रेमबहादुर पुलामीले बताउनुभयो । तत्कालीन एमालेले ६ वटा स्थानीय तह र तत्कालिन माओबादी केन्द्रको तर्फबाट ४ वटा स्थानीय तहमा अध्यक्ष चयन भएको छ ।
हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका र भीमफेदी गाउँपालिकामा तत्कालिन एमालेको भागमा परेको छ । त्यस्तै राक्सीराङ गाउँपालिका, मनहरी गाउँपालिका, वागमती गाउँपालिका तथा थाहा नगरपालिका तत्कालिन माओवादी केन्द्रको भागमा परेको छ ।
जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज विरोध खतिवडा, सह-इन्चार्जद्वय कुमारी मोक्तान र रामेश्वर राना, प्रदेश सदस्य अन्नत पौडल, प्रल्हाद लामिछाने र जिल्ला सचिवालयका सदस्यको सहभागिता रहेको जिल्ला सचिवालय सदस्य बनस्तम थिङले जानकारी दिए । जिल्ला कार्यालय टिममा मुनु सिग्देल, प्रेमबहादुर पुलामी, बलराम बल, बद्री लम्साल, प्रमिला पुलामी, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ रहेका छन् ।
नेकपा मकवानपुरको स्थानीय तहमा नेतृत्व गर्नेहरुको नामावली:-
१. हेटौँडा उपमहानगरपालिका
अध्यक्षः रघु आचार्य, सचिवः तीर्थ थापा
२. थाहा नगरपालिका
अध्यक्ष: अरुण रायमाझी, सचिवः सानुकाजी गोपाली
३. वागमती गाउँपालिका
अध्यक्ष: अरुण बल, सचिव: उत्तम पौडेल
४. वकैया गाउँपालिका
अध्यक्षः नारायण तिमल्सिना, सचिव: भक्तबहादुर खत्री
५. मकवानपुर गढी गाउँपालिका
अध्यक्षः रामजी सापकोटा, सचिवः राजकुमार खड्का
६. भीमफेदी गाउँपालिका
अध्यक्षः सानु थापा, सचिवः दीपक गोले
७. इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः ऋषि पुडासैनी, सचिवः बिर्जु तामाङ
८. मनहरी गाउँपालिका
अध्यक्षः रामप्रसाद कालाखेती, सचिवः हेमलाल उप्रेती
९. राक्सिराङ गाउँपालिका
अध्यक्षः हस्तबहादुर मुक्तान, सचिवः ओम स्याङ्तान
१०. कैलास गाउँपालिका
अध्यक्षः बुद्धिबहादुर मुक्तान, सचिव: लालसिं गुरुङ






