डेंगुबाट चितवनमा एकको मृत्यु

तामसालिङ खबर
८ भाद्र २०७६, आईतवार १३:२०

भदौ ८,चितवन – चितवनको भरतपुरमा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगररपालिका – २ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी ६ भदौमा कार्यालयलाई दिइएको हो ।  वृद्धको ३१ साउनमा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ ।
सामान्य ज्वरो आएर २९ साउनमा भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए । जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*