फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन
भदौ ९, हेटौडा – राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर शाखाको अध्यक्षमा टिम टेलिभिजनको क्यामरा पर्सन कपिल खड्का चयन भएका छन् । सोमबार हेटौंडामा भएको अधिवेशनले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समुहको उपाध्यक्षमा खबरब्रेक डटकमका धर्मेन्द्र दाहाल, कोषाध्यक्षमा तु खबर डटकमका बलराम पुडासैनी, सचिवमा प्रदेश दैनिकका विजय पौडेल र सह-सचिवमा नवयुग डटकमका उज्जवल अधिकारी चयन भएका छन् ।
त्यस्तै समुहको सदस्यहरुमा सरला अधिकारी, दिल बहादुर लामा, सहनशिला ढकाल, मिना श्रेष्ठ, धिरज ढकाल, विक्रम बानियाँ चयन भएका छन्,। त्यस्तै समुहको सल्लाहकारमा रामशरण दुलाल, शिवकुमार काशी र ध्रुव अधिकारीलाइ चयन गरेको छ ।
तिन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय महासचिव प्रदिप राज वन्त, पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप विष्ट, मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंह, राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३ का अध्यक्ष नारायण सिलवाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, बानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, चलचित्र बिकास वोर्ड सदस्य नरेन्द्र महर्जन, लगायतको आतिथ्यता रहेको थियो ।






