रवि लामिछानेलाई सार्वजनिक रुपमा बोल्न रोक
भदौ ९, काठमाडौं – टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पत्रकार शालिकराम पुडासैनी आत्महत्याबारे सार्वजनिक रुपमा बोल्न अदालतले रोक लगाएको छ ।
पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख रुपैयाँ धरौटीमा रिहा भए पनि उक्त घटनाबारे बोल्न जिल्ला अदालत चितवनले रोक लगाएको हो । उनले टेलिभिजन कार्यक्रम वा सार्वजनिक स्थानमा पुडाशैनी आत्महत्याबारे बोल्न नपाउने अदालतले फैसला सुनाएको छ ।
जिल्ला अदालत चितवनले मुद्दा अदालतमा विचाराधीन रहेकाले अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।






