बार्षिक उत्सबको अबसरमा रेडियो सन्देशले बिबिध कार्यक्रमहरु सार्बजनिक
भदौ १०, हेटौंडा – मकवानपुरको हेटौडाबाट सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देशले आफ्नो बार्षिक उत्सवको अवसरमा हेटौंडामा विविध कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत वार्षिक उत्सवको अवसरमा बिबिध कार्यक्रमहरु सार्वजानिक गरेका छन् ।
रेडियोले वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय फुटसल मिडिया कप, जिल्लाका राजनैंतिक दल र पत्रकार बिच मैत्रिपुर्ण फुटसल प्रतियोगिता, सामुदायिक विद्यालयको रुपान्तरणको लागि बृहत शैक्षिक अन्तरक्रिया, निःशुल्क स्वास्थ्य शिविर र स्थानीय तहमा सूचनाको हक कार्यान्वयन विषयक ३ नम्बर प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
वार्षिक उत्सवको अवसरमा मकवानपुर जिल्लामा रहेका सञ्चारगृह बिच फुटसल मिडिया कप हुने भएको छ । फुटसलको उद्घाटनमा जिल्लाका राजनीतिक दल र पत्रकार बिच मैत्रीपूर्ण खेल,शिक्षासंग सम्बन्धित सरोकारवालाहरु बिच बृहत अन्तक्रिया,सामुदायिक बिद्यालयको रुपान्तरण लागी शैंक्षिक अन्तक्रिया, गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
त्यस्तै, हरेक बर्ष गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, दन्त शिविर र सम्पुर्ण सेवासहितको स्वास्थ्य शिविर गर्न लागिएको रेडियो अध्यक्ष सुनिल खड्काले बताए । असोज १४ गते हुने मुख्य कार्यक्रमका दिन रेडियोका अध्यक्ष खड्काले आफ्नो स्वर्गिय पिताको नाममा स्थापना गरेको “रामचन्द्र खड्का स्मृति सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७६ बाट १ जना सञ्चारकर्मीलाई पुरस्कृत गरिने भएको छ भने वर्ष व्यक्ति सम्मान २०७६ बाट ४ जना सामाजिक व्यक्तित्वलाई सामुदायिक सम्मान प्रदान गरिने अध्यक्ष खड्काले बताए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध कार्यक्रम सहितको साँस्कृतिक साँझ गरिने बताइएको छ । सुचना व्यवस्थापन गर्न नसक्दा स्थानिय सरकार र सञ्चारकर्मी बिचको सम्बन्धमा समस्या आएकाले स्थानीय तहमा सूचनाको हक कार्यान्वयन विषयक ३ नम्बर प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रम पनि आयोजना हुने भएको छ ।






