जिल्ला बचत संघको तिज बिशेष अभिमुखीकरण
भदौ १०, हेटौडा – जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा एक दिने संघ अभिमुखिकरण कार्यक्रम गरेको छ । संघले सोमबार हेटौंडामा कार्यक्रम आयोेजना गरेको हो ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ का सचिव डा. योगेन्द्र कुमार कार्कीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा संघको अध्यक्ष राधा सिन्तानको सभाध्यक्षता कार्यक्रम भएको थियो । संघमा आवद्ध रहेका ४१ वटा बचत तथा ऋण सहकारी संस्थाका ९० जना सहकारीकर्मीहरुको उपस्थित रहेको थियो ।
तिजको शुभकामना दिदै कार्यक्रममा संघका अध्यक्ष राधा सिंतानले संघको विषयमा जानकारी, सुचना र वस्तुगत अवस्था सेवाहरुका बारे संघका व्यवस्थापक सुमित्राकुमारी वाईवाले जानकारी दिएकी थिईन् ।
कार्यक्रममा सघका पदाधिकारी सहित समितिको उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।






