गण्डकी विकास बैंकद्वारा १५० बिधार्थीलाई झोला वितरण

भदौ ११, पोखरा – पोखराको बाल कल्याण आधारभुत विद्यालयमा १५० जना बालबालिकाहरुलाई झोला वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई कापी किताब राख्ने झोला वितरण गरेको छ ।
गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सो सामग्री वितरण गरिएको हो । वितरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।
विद्यालयमा प्रत्यक्ष उपस्थित भइ बिधार्थीहरुलाई झोला वितरण गर्न पाउँदा आफुलाई खुसी भएको बताउनु भयो । साथै सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी समाजका लागि केही न केही योगदान पु¥याउन बैंक सधै तयार रहेको बताउनु भयो ।
बैंकका सञ्चालक बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, पोखरा महानगरपालिका वडा नं.२५ का वडा सदस्य जित बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फिरोज शाही, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर कार्की लगायतले संयुक्त रुपमा विद्यालयका बिधार्थीहरुलाई झोला वितरण गर्नु भएको थियो ।
बैंकका सञ्चालक बासुदेव त्रिपाठीको अध्यक्षता भएको थियो । कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको साथै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।