हर्नमाडिको ज्योती माविमा बस सेवा संचालन

७० प्रतिशत वडाले ब्योहर्ने भएपछी अर्को बस पनि ल्याइने
तामसालिङ खबर
११ भाद्र २०७६, बुधबार १४:११

भदौ ११, हेटौडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेको ज्योती माध्यामिक विद्यालयमा बस संचालनमा आएको छ । नेपाल सरकारको मापदण्ड अनुसार भन्सार छुट गरि विद्यालयले आफ्नै स्कुल बस सञ्चालन गरेको छ ।

लामो प्रयास र मिहेनतपछि एउटा बस सञ्चालन गर्न सफल भएको विद्यालयमा अर्को बस समेत थपिने भएपछि विद्यालय व्यवस्थापन समितिले गर्व महशुस गरेको अध्यक्ष हर्क रम्तेलले बताउनु भयो । विद्यालयमा आयोजना भएको बस सञ्चालन शुभारम्भ तथा वृक्षारोपण कार्यक्रम मार्फत् वडाध्यक्ष अनिल बानियाँले नयाँ शैक्षिक सत्रमा विद्यालयलाई बस खरिद गर्न वडाले ७० प्रतिशत आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

विद्यालयको स्तरोन्नतीको लागि बस खरिद गर्न वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि अध्यक्ष रम्तेलले धन्यवाद ज्ञापन गरेका छ । बजार मुल्य करिब ३३ लाख ५० हजार रहेको ३६ सिटे बस नेपाल सरकारको ७५ प्रतिशत भन्सार छुट तथा विद्यालयको आन्तरिक श्रोत गरि २६ लाखमा खरिद गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*