पर्यटनमन्त्रीद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

भदौ ११, पोखरा – निर्माणाधीन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरिक्षण संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका छन् ।
तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधनपछि मन्त्री बनेर पहिलो पटक पोखरा आएका उनले विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन् । बुधबार विहान ७ बजे पोखरा विमानस्थल ओर्लेका उनी सिधै निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षणको लागि पुगेका थिए ।
विमानस्थल आयोजनाको तर्फबाट आयोजना प्रमुख विनेश मुनान्कर्मीले भौतिक तथा वित्तिय प्रगतिको बारेमा जानकारी गराएका थिए । ‘हामी सोचेको भन्दा धेरै नै अगाडी कामको प्रगती सक्दैछौँ त्यसैले सम्झौता समय भन्दा अगावै पोखरा विमानस्थल जहाज उडाउन तयार हुन्छ,’ मुनान्कर्मीले भने, ‘अहिलेसम्म सबै गरेर ४५ प्रतिशत प्रगती भएको छ।’