चट्याङ लागेर राक्सिराङमा एक किशोरी गम्भीर घाइते

तामसालिङ खबर
१७ भाद्र २०७६, मंगलवार १७:१२

भदौ १७, मनहरी – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ सानोभावरमा १६ बर्षीया बिनामाया थिङ गम्भीर घाइते भएको छ ।

मंगलबार दिउँसो परेको चट्याङले किशोरी मुर्छित भएको नेकपा नेता बनस्तम थिङले बताउनु भयो । घाइते किशोरीलाई उपचारको लागि मनहरी ल्याएको छ । थप उपचारको लागि भरतपुर लैजाने नेता थिङ्ले बताउनु भयो ।

मंगलबार दिउँसो सो क्षेत्रमा ठुलो पानी सँगै हावाहुरी र चट्याङ परेको हो । यस बर्ष मकवानपुरको राक्सिराङ गाँउपलिकाका विभिन्न क्षेत्रमा चट्याङ परेर मानवीय क्षतिको घटना बढेका छन । केहि दिनअघि पनि राक्सिराङ ८ मा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको थियो भने केहि घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*