अदालतको आदेश वदर गर्न माग गर्दै रबि लामिछानेले उच्च अदालत हेटौंडा इजलासमा निबेदन दर्ता
भदौ १७, हेटौंडा – चितवन जिल्ला अदालतको आदेश वदर गर्न माग गर्दै उच्च अदालत पाटन हेटौंडा इजलासमा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले मंगलबार निवेदन दर्ता गराएका छन् ।
गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि माग गर्दै निबेदन दर्ता गराएका हुन् । चितवन जिल्ला अदालतबाट भएको आदेश बदरगरी साधारण तारेखमा रही मुद्धाको पुर्पक्ष गरी पाउँ भन्दै हेटौडामा निबेदन दर्ता गरिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनी सहित युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको आदेशमा चित्त नबुझी हेटौंडामा आज संयुक्त निवेदन दर्ता गरेका छन् ।
लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलाशले भोलि प्रारम्भिक सुनुवाई गर्ने बताईएको छ ।






