मनहरीमा तिजको अबसरमा ६४ जना बृद्धाहरुलाई सम्मान
भदौ १७, मनहरी – नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा मंगलबार मकवानपुरको मनहरी गाउपलिकामा बृद्धाहरुलाइ सम्मान गरेको छ ।
मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा रहेको अनु एकीकृत कृषि फर्मको आयोजनामा ६४ जना बृद्ध (आमाबुवा)लाई सु-स्वास्थ्य एबम दिर्घायुको कामना गर्दै एक जोर कपडा सहित सम्मान गरिएको फर्मका प्रोप्राइटर अनिता स्याङ्बोले बताउनुभयो ।
मनहरी गाउपालिका वडा नम्बर ९ को वडाअध्यक्ष साधुराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा स्थानीय समाजसेवी रामहरी सुबेदी, ९ नम्बर वडाको वडा सचिब ठाकुर बर्तौला लगायत विभिन्न संघसस्थामा सक्रिय महिलाहरुको सहभागी रहेको थियो ।
कार्यक्रम कृषि फर्मको प्रोपाइटर अनिता स्याङ्बोको सभाध्यक्षमा भएको थियो ।







