राक्सिराङ गाउपालिकामा नेकपाको कमिटी तयार, केन्द्रिय सदस्य मार्फत सपथग्रहण
भदौ १९, राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को स्थानीय तह कमिटीले पूर्णता भएको छ । पार्टीको विधान बमोजिम ७५ सदस्यीय गाउँपालिका संगठन कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको हो ।
गाउँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउँदै नेकपा केन्द्रीय सदस्य एबम सांस्कृतिक विभाग प्रमुख केदार न्यौपानेले कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई तीब्र ढंगले अघि बढाउन निर्देशन दिए । दुई ठूला कम्युनिष्ट पार्टी एक हुँदा दुबै पक्षका राम्रा कुराहरुलाई जनतामाझ लगेर मन जित्नुपर्ने आवश्यकता रहेकामा उनको जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज रामेश्वर रानाले स्थानीय तहको निर्बाचनमा हार खाएको राक्सिराङ गाउँपालिकामा अर्काे निर्बाचनमा नेकपा सत्ताधारी दलको रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे । अर्की केन्द्रीय सदस्य एबम् सह जिल्ला इन्चार्ज कुमारी मोक्तानले पनि एकता प्रक्रियापछि अब कुनै भेदभाव नगरीकन संगठन निर्माण र जनताको आधारभूत आवश्यकताहरुको परिपूर्तिका लागि कम्युनिष्ट पार्टी लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद ओमबहादुर ग्लान, सचिव प्रेमबहादुर पुलामी, जिल्ला कार्यालय सदस्यहरु एकालाल श्रेष्ठ, बलराम बल, प्रमिला लामा, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, गोविन्दराम चेपाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने सचिवालय सदस्य लालबहादुर थापाले ७५ सदस्यीय गाउँ कमिटी घोषणा गरेका थिए ।
नेकपा राक्सिराङ गाउँ कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव ओमकुमार स्याङ्तानले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सानीकान्छी स्याङ्तान, निर्वाचित वडाध्यक्षहरु सिंगलाल चेपाङ, बाबुलाल स्याङ्तान, सन्जय कोइराला र चन्द्रसिंह चेपाङ सहभागी थिए ।
गाउँपालिका कमिटीले पूर्णता पाएसँगै अब वडा वडामा प्रशिक्षणात्मक कार्यक्रम आयोजना हुने नेकपा राक्सिराङले जनाएको छ ।






