सर्पको टोकाइबाट दाङमा बालिकाको ज्यान गयो

तामसालिङ खबर
१९ भाद्र २०७६, बिहीबार १२:०८

भदौ १९, दाङ – सर्पले डसेर दाङमा एक बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा निवासी ७ वर्षीया गोमा ओलीको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार राति घरमा सुतेको समयमा सर्पले डसेको हो । ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*