दुई वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार ११:०५

भदौ २०, नेपालगञ्ज – सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्मा विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी ग¥यौँ, प्रहरीले उनीहरुलाई खोजिरहेको छ, तर सम्पर्कमा हुनुहुन्न ।”

यसअघि पाठक उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेका थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेका थिए । ११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*